Websoft University

प्रदेश १ बाट थप ४ जना डिस्चार्ज


विराटनगर, १४ जेठ । रातो तारा डट कम, प्रदेश नं. १ बाट आज थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन । 

डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनु
भयो । 

आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उहाँले बताउनुभयो । 

४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । कोभिड अस्पतालमा अहिले ३१ ज्ना उपचाररत रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.