Websoft University

कोशी बगरमा लगाएको तरकारी खेती बाढीले जलमग्न हुदा, लाखोैको क्षति ।



भारदह ,१४ जेठ । रातो तारा डट कम,अबिरल बर्षा को कारण सप्तकोशी नदीमा पानीको बहाव बढे संगै  सप्तरी  जिल्ला स्थित हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर एक कोशी पलारमा लगाएको करिब पच्चासो बिघा तरकारी बगर  खेती जलमग्न भएका छन् । 

सो बगर खेती मा तारभुज,खरबुज्जा, लौका, फर्सी, काकरा,टमाटर, इत्यादि मौसमी फसल लगाउने गरेको कृषक तथा समाजसेवी पुरन राउत ले बताएका छन । राउत ले मात्र करिब दस बिघा जग्गामा मजदुर राखि  तरकारी बगर खेती लगाएका छन् ।

उहाँको भनाइ  अनुसार सो खेती गर्न करिब बिस लाख साहु बाट ऋण लिई सो खेती गरिएको बताइएको छन । त्यस्तै गरी  अर्का कृषक छोटेलाल राउत ले पनि करिब आठ बिघा जग्गा मा मौसमी तरिका बगर खेती लगाएका मा  अहिले जलमग्न भएका छन्। 

उहाँले भाबुक हुदै भन्नु भयो ूहै भगवान ओतै मेहनत स दिन राईत खइटक  लगालु बगर खेती फसल बेचैटाइम मै ओहो खेत के फसल बाईर मै भाइसगैल कि करब साहु के दस लाख ऋण कत स तिरबू उहा को भनाई थियो । दस लाख ऋण लिएर बगर खेती गरेको र बेचने बेला मा बाढी ले फसल बगायो । 

त्यसै गरी  अर्का कृषक बासुदैब मुखिया ले भन्नु  भयो लकडाउन को समय मा  ब्यपारीले तरकारी किन्न नआउदा र सरकार ले तरकारी को ब्यवस्थापन नगर्दा सो समस्या भएको बताए ।मुखिया ले करिब सात बिघा खेती लगाएका छन् त्यसै गरी सुगदेब राउत ले  आठ बिघा,  उमेश माझी ले सात बिघा, श्याम मंडल ले करिब दस बिघा जग्गामा मा मौसमी फसल  लगाएका छन् ।

हामी सरकारमा संग के छ गुनासो सोध्दारु कृषक तथा समाजसेवी पुरन राउत ले भन्नु भयो कृषि ग्यान  केन्द्र राजबिराज सप्तरी को अनुमति लिएर सो खेती मा लगानी लगाएको तर बेचने बेला मा  सबै फसल बाढी ले बगायो । सरकारले साहु संग लिएको ऋण तिर्नुपर्ने  र क्षतिपूर्तिको व्यवस्था मिलाई दिन माग गरेका छन्  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.