Websoft University

नेकपाको स्थायी कमिटी बैठक बस्तै


काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टीभित्र चलेको विवादका कारण यसअघि रोकिएको बैठक आजैबाट सुरु हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । 

तर, बैठकमा पार्टी भित्रको आन्तरिक विवादभन्दा पनि सीमा समस्या, बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरिने पौडेलको भनाइ छ । नेकपाका दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूचीमा सहमति बन्न नसक्दा २५ वैशाखमा बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश ल्याएपछि नेकपामा चर्किएको विवादमाथि छलफल गर्न वैशाख १० गते नेकपाका स्थायी कमिटी सदस्यले अध्यक्षद्वयसामु तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.