Websoft University

कोरोना कोषलाई कृषि सहकारी संघको राहत,मुख्यमन्त्रीलाई चेक हस्तान्तरण


शिव भट्टराई,- विराटनगर । रातो तारा डट कम, प्रस्तावित प्रदेश कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १ ले प्रदेश सरकारको कोरोना राहत कोषमा साढे ४ लाख बढी राहत सहयोग प्रदान गरेको छ ।

संघले मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर ४ लाख ५७ हजार २१ रुपैयाँ स॥हयोग हस्तान्तरण गरेकोहो । नेपाल केन्द्रीय कृषि सहकारी संघकी उपाध्यक्ष मिना ढकाल, प्रदेश कृषि सहकारी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्रराज भण्डारी, कृषि सहकारी संघ मोरङका सचिव रविन्द्र आचार्य र साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय विर्तामोडका प्रवन्धक सुभाष गौतम लगायतले रु ४ लाख ५७ हजार २१ रुपैयाँ बराबरको चेक प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो ।

 सो अवसरमा प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की र आर्थिक मामिला मन्त्री इन्द्र आङ्वोको समेत उपस्थिति रहेको थियो । कृषि सहकारी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्रराज भण्डारीले प्रदेश नम्बर १ का विभिन्न जिल्लामा रहेका शाखाहरु मार्फत सहयोग जुटाएर प्रदेश सरकारको कोरोना नियन्त्रण तथा उपचार अभियानमा मद्दत पुगेर भनेर केही आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

 साना किसान कृषि सहकारी संस्थाको तर्फबाट ३ लाख ५७ हजार २१ र साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडबाट १ लाख रुपैयाँ जुटाएर सो सहयोग गरिएको समेत उहाँले जानकारी दिनुभयो । यता सहयोग रकमको चेक ग्रहण गर्दै मुख्यमन्त्री राईले कोरोना भाइरस नियन्त्रण गर्ने प्रदेश नम्बर १ को अभियानमा प्रत्यक्षरुपमा जोडिएर ऐक्यवद्धता जनाएको भन्दै  प्रदेश कृषि सहकारी संघ लिमिटेड प्रदेश नम्बर १ लाई धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले प्रदेश नम्बर १ मा कोरोनाको निकै जोखिम रहेको अवस्थामा पनि प्रदेश सरकारले नियन्त्रणका लागि प्रयास जारी राखेको भन्दै सबैको साथ र सहयोगमा कोरोनालाई पराजित गरेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.