Websoft University

दूध बिक्रेता किसानलाई लकडाउनले समस्य पार्यो


काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम,लकडाउन अर्थात् बन्दाबन्दी लम्बीदै जाँदा किसानको समस्या बढ्दै गएको छ । डडेलधुराको आलीताल–४ मा अहिले जर्सी गाई पालन गर्ने किसानको घरधुरी लगभग ३० देखि ३५ छ । 
उनीहरुले बन्दाबन्दीका कारण दूध बिक्री गर्न पाएका छैनन् । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दीले आलिताल गाउँपालिका–४ का किसान समस्यामा परेका हुन् । जर्सी गाई पालक किसान दूध बिक्री नभइ खेर जाँदा अफ्ठेरोमा परेको बताउनुहुन्छ, स्थानीय मानमती बोहोरा । मानमतिले बन्दाबन्दी सुरु हुनुअघि दैनिक १५–२० लिटर दूध बिक्री गर्नुहुन्थ्यो । 

यहाँका किसानले पालेका गाईको दूध अन्य जिल्लामा खपत हुने अवस्था अहिले छैन । दूध बेचेरै बालबच्चाको पालन–पोषण गरीरहेकोमा अहिले समस्या भएको अर्का किसान गोमती नेपालीको भनाइ छ । आलिताल गाउँपालिकाको ४ नम्बर वडामा झन्डै ३५ परिवार जर्सी गाई पालनमा लागेका छन् । 

तर उनीहरूले बन्दाबन्दीका कारण समस्या परेको गुनासो गरे पनि समस्या समाधानको उपयुक्त बाटो स्थानीय सरकारले पनि देखाउन सकेको छैन । डडेलधुरामा मात्र होइन, बन्दाबन्दीको यो समयमा अधिकांश किसानले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकिरहेका छैनन् । आफूहरूलाई सजिलो बनाउने बारेमा स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनले विकल्प खोज्नुपर्ने किसानहरूको माग छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.