Websoft University

भुल्केमा एकै घरका ३ महिला लाई कोरोना भएको पुष्टि


श्याम राई- गाईघाट वैशाष २७ गते । रातो तारा डट कम, उदयपुरको त्रियुगानगरपालीका ३ भुल्केमा  शनिबार एकै घर परीवारका २ सहित ३ महिलामा  कोरोना संक्रमीत पोजेटीभ देखीएको छ । 

उनीहरुको पहीले गरेको कोरोना परीक्षण रिपोर्टमा नेगेटीभ देखीएकोमा ३ दीन अघी उनीहरुको दोसो्र पटक स्वाब परीक्षणको लागी कोशी अंचल अस्पताल बिराटनगर लगीएको थियो । संक्रमीतहरु १८ वर्षीया किशोरी , ४५ वर्षीया र ६५ वर्षीया रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए । 

भुल्के मस्जीद आसपास क्षेत्रबाट बुधबार दोसो्र पटक ३ सय ३४ जनाको स्वाब टेस्ट को लागी बिराटनगर र धरान पठाईएको मध्ये ३ जना बाहेक अन्यको  २४१ जना को रिपोर्ट नेगेटीभ आएको र बाकी ९० जना को रिपोर्ट आईतबार बिहान सम्म आउने  प्रमुख सुबेदीले बताए । 

उदयपुरमा यो संगै कोरोना संक्रमीत को संख्या ३१ पुगेको छ भने १४ जना निको भएर क्वारेन्टाईनमा रहेकाछन । भुल्के मा पहिलो पटक बैशाष ५ गते १२ जना कोरोना संक्रमीत भेटीएको थियो । संक्रमीत ६५ वर्षिया र १८ वर्षिया किशोरी हजुर आमा र नातिनी हुन । यस अघी संक्रमीत भएका एकै परिवारका ५ जना हरु पनि उनकै परिवारका हुन। 

सो परिवारमा कोरोना संक्रमीत ७ जना पुगेको छ । ७ मध्य २जना  शुक्रबार मात्रै अस्पताल बाट डिस्चार्ज  भईसकेका छन भने अर्की संक्रमीत सप्तरीको सुरुङगा नगरपालीका अरहा अजोखाका एक कोरोना संक्रमीतका आमा हुन । उनको छोरा शुक्रबार कोरोना अंस्पताल बिराटनगर बाट डिस्चार्ज भई सोही ठाउको मजरक क्वारेन्टाईनमा रहेका छन। 

संक्रमीत तिनै जनालाई कोरोना अस्पताल बिराटनगर लगीएको स्वास्थ्य कार्यालयका प्रमुख सुबेदीले बताए ।                     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.