Websoft University

भारतले दार्जुलामा कालापानी लिपुलेक सम्म नेपाली भुमि कब्जा गरेर बाटो बनाएको बारे–सरकारले तत्काल कदम चाल्नुपर्ने नेकपाको माग


काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृत रूपमा नेपाली भूमिमा सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभएको छ ।

 प्रवक्ता श्रेष्ठले कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर भारतले अतिक्रमण गरेकाले सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्सर्ना गर्दछु’ आज बिहान श्रेष्टले गर्नुभएको ट्वीटमा भनिएको छ । 

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्चालनमा ल्याएको हो । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि भारतीय अतिक्रमणको विरोधमा जुट्न अपिल गरेको छ । 

मोर्चाका अध्यक्ष सीपी गजुरेलले आज एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेकमा भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारीसहित आफूहरूले उक्त काम रोक्न नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताउनुभएको छ । 

अविलम्ब कुटनीतिक पहल गरी अतिक्रमित नेपाली भूभागलाई मुक्त गर्न नेपाल सरकार सँग मोर्चाले माग पनि गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.