Websoft University

चीनियाँ पत्रकारलाइ अमेरिकामा नयाँ भिसाको नियम लागु हुने


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,अमेरिकाले चीनबाट आउने पत्रकारका लागि नयाँ भिसा नियम जारी गरेको छ । नयाँ नियम अनुसार अब चीनियाँ पत्रकार अमेरिकामा ९० दिनसम्म मात्रै बस्न पाउनेछन् । अमेरिकाले चीनमा आफ्ना पत्रकारसँग गरिएको व्यवहारका कारण चीनियाँ पत्रकारका लागि नयाँ भिसा जारी गरेको जनाएको छ । गत मार्च महिनामा चीनले केही अमेरिकी पत्रकारहरुलाई देश छोड्नका लागि आदेश जारी गरेको थियो । त्यसको महिनादिनपछि अमेरिकाले अमेरिकामा काम गरिरहेका चीन सरकारको नियन्त्रणमा रहेका पाँच सञ्चारमाध्यमलाई विदेशी दूतावासको संज्ञा दिएको छ । लगतै चीनले वाल स्ट्रीट जनरलका तीन पत्रकारलाई निस्कासन गरेको छ । जसमा एक जना अमेरिकी र एक अस्ट्रेलियाका नागरिक छन् । अमेरिकाले लागु गरेको नयाँ नियम सोमवारदेखि कार्यान्वयनमा आउनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.