काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले बन्दाबन्दी लम्बिएसँगै खाना खुवाउने कार्य आगामी जेठ ५ गतेसम्म थप गरेको छ । असहाय, मजदुर,गरिब, सडक मानव एवं पैदलयात्रुका लागि बिहान–बेलुका दुई छाक निःशुल्क खानाको व्यवस्था नगरपालिकाले गर्दै आएको छ । नगर क्षेत्रभित्रको एभरेष्ट पार्टी प्यालेस, बोडेको सिन्टीटार र नगदेशको शुभश्री ब्याङ्क्वेटमा नगरपालिकाले निःशुल्क खाना वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएकोे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणको राहत वितरण सम्पन्न गरेपछि यही वैशाख ११ देखि २५ गतेसम्मका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण गर्ने कार्य लकडाउन अवधिभर जारी राख्ने गरी जेठ ५ गतेसम्म थप गरिएको उहाँले बताउनुभयो । नगरपालिका सहित नगरवासीका विभिन्न दाता, सङ्घसंस्था, शैक्षिक निकाय, सहकारी एवं व्यक्तिगतरूपमा नगद एवं खाद्यान्न सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उहाँले दैनिक बिहान र बेलुका गरेर ६ हजार व्यक्तिलाई खाना खुवाइएको बताउनुभयो ।
Post a Comment