Websoft University

सुगौली सन्धिले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न विज्ञहरुको माग–तर सरकार चै आनाकानी गर्दै, के छ भित्री कुरा ?


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,सीमा बचाउ अभियान, नेपालले भारतले लिपुलेक भएर मानसरोवर जाने बाटो निर्माण गरेकोमा आपत्ति जनाउँदै सरकारलाई सुगौली सन्धिले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको छ । 

अभियानले विज्ञप्ति जारी गर्दै नेपाल सरकारको तर्फबाट सुगौली सन्धिले तोकेको नेपालको आधिकारिक नक्सा प्रकाशन गर्न माग गरेको हो । तत्काल नक्सा सार्वजनिक गरी आफ्नो दाबी पेस गर्न माग गरिएको अभियानका संयोजक भैरव रिसालले सीआईएनसँग बताउनुभयो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले दार्चुलास्थित लिपुलेक भएर मानसरोवर जाने बाटो शुक्रबार उद्घाटन गर्नुभएको थियो । 

उक्त कार्यप्रति भारतस्थित नेपाली दूतावासलाई पूर्वजानकारी नहुनुमा पनि अभियानले विज्ञप्तीमा असन्तुष्टि व्यक्त गरेको छ । आफ्नो भूमिमा विदेशीले ८० किलोमिटर सडक निर्माण गर्दा पनि नेपाल सरकारलाई कसरी थाहा भएन ? भनेर उक्त समूहले प्रश्न पनि गरेको छ । विज्ञप्तिमा थाहा भएको थियो भने निर्माण कार्य किन नरोकेको हो भनेर पनि प्रश्न गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.