Websoft University

सुन्दरहरैचा नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण


शिव भट्टराई,मोरङ बैशाख २८गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने विभिन्न वडाका नागरिकहरुलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ ।

सुन्दर हरैचा नगरपालिका की उपमेयर धन माया तामाङको सभापतित्वमा भएको बीउ वितरणमा नगरले कृषकलाई ५०% अनुदानमा करिब १२ जातका भन्दा बढी धानको बीउ वितरण गरेको छ । 

नगरले कान्छी मन्सुली, साम्भा मन्सुली, गरिमा मन्सुली, संवरण सब, महिमा, लल्का बास्मती, सुखा ३, कालो नुनिया, राधा १२, राम, रन्जित धान जस्ता धानको बीउ वितरण गरेको हो ।

सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले नगरले १२ जातका ३३८ बोरा धानको बीउ कृषकलाई वितरण गरेको बताए । उनले नगरका प्रत्येक वडाबाट कृषकको निवेदन प्राप्त गरि सोही निवेदनको आधारमा कृषकलाई धानको बीउ वितरण गरेको बताए ।

त्यसैगरी सुन्दरहरैचा नगरपालिका कृषि शाखा का प्राविधिक सहायक सुदिप भण्डारीले धानको बीउ छर्ने प्रक्रियाको विषयमा कृषकहरूलाई जानकारी गराएका थिए।

यता नगरले धानको बीउ वितरण गरिरहदा कृषकले भने गुनासो गर्न थालेका छन । कृषकले नगरमा मलको अभाव भएको कारण पर्याप्त मात्रामा मल नपाइएको गुनासो गरेका छन ।

यता कृषि शाखा प्रमुख भट्टराईले नगरपालिकाले मलको अभाव केही दिनमै हल हुने भन्दै लकडाउन भरी नगरपालिकाले २००० बोरा मल कृषकलाई वितरण गरिसकेको नगरपालिकाले दाबी गरेको छ ।

मल बजारमा प्रयाप्त भएता पनि लकडाउनका कारण ढुवानीमा केही असहजता भएको कारण कृषकले मल ढिलो पाउने गरेको भट्टराईको भनाई छ ।

यता कृषकहरुले आफुले लगाएको बालीमा समेत किरा लाग्ने गरेको हुदा नगरले कृषकहरुको लागि औषधि उपलब्ध गराउनु पर्ने माग गरेका छन्।

नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न कृषि औजार सामाग्री, साथै विभिन्न उन्नत जातका बिउहरु उपलब्ध गराउदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.