Websoft University

भारतले नेपाली भू–भाग मिचेर सडक बनाएपछि नेपाल सरकारको आपत्ति

काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम,भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको एकतर्फी कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै उल्लेख गर्नुभएको छ । 

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले हिजो उद्घाटन गरेपछि मन्त्रालयले आज विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । 

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले जनाएको छ । 

साथै नेपालले दुई देशको थाँती रहेको सीमा विवाद कुटनीतिक संवादबाट हल गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि नेपालले दुईपटक विदेश सचिवस्तरीय बैठकको मिति प्रस्ताव गर्दा पनि भारतले जवाफ नदिएको मन्त्रालयले बताएको छ । नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.