Websoft University

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आज नेपालमा ४ पुग्यो


काठमाण्डौ जेठ १२ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा बाराका एक जना व्यक्तिको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । 

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । बाराको कलैयाका ७० वर्षीय ती बृद्धमा क्षयरोग, स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गत जेठ ४ गते मृत्यु भएको उहाँले बताउनुभयो । करैयामाई गाउँपालिका वडा नम्बर सातका उनको नारायणी अस्पतालमा गरिएको परिक्षण शंकास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा आज मात्रै उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । 

मृत्युभएपछि परिवारलाई शव जिम्मा लगाईएको र उनको दाह संस्कारपनि भइसकेको छ । प्रवक्ता दवकोटाले मृतक परिवारका सबै सदस्यहरुको जेठ ५ गते नै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र नतिजा आउन बाँकी रहेको पनि जानकारी दिनुभयो । यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीका एक जनाको पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.