Websoft University

भक्तपुरमा कोभिड १९ को परीक्षण गर्ने किटको अभाव भयो


काठमाण्डौ जेठ १२ गते । रातो तारा डट कम,देश भरिका हब अस्पताल मध्ये कै एक हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताले  कोरोना परीक्षण गर्न  गएका सर्वसाधारणलाई  किट अभाव भएको भन्दै कोरोना  परीक्षण नगरेको सर्वसाधारणले गुनासो गरेका छन् । 

किट अभावमा भक्तपुर अस्पतालले हिजोदेखि सर्वसाधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिनुभयो । अस्पतालमा हिजोदेखि उच्च ज्वरो आई शंका लागेकाको मात्र परीक्षण गरिएको छ । 

सामान्य रुपमा कोरोना परीक्षण गर्न आउनेको परीक्षण किट अभावमा बन्द गरिएको उहाँले  बताउनुभयो छ । मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले अस्पतालमा बढि भीडभाड हुन थालेको र आरटिडी स्थानिय निकाय मातहत रहेकाले आफुहरुले पिसिआर परीक्षण मात्र गर्न थालिएको बताउनुभएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.