Websoft University

रतुवामाइका बस्नेत परिवारमा सुरक्षाको चिन्ता: कहिले आगो लगाइदिने, कैले काटमार गर्ने



तेजन खड्का - इटहरा, जेठ ११ : मोरङको रतुवामाई नगरपालिका वडा नम्वर १० मंगलवारेका रुद्रबहादुर बस्नेतले आफुले न्याय नपाएको गुनासो गर्नुभएको छ । लामो समयदेखि आफ्नो धनमालको हानीनोक्सानी भइरहेको र यस बिषयमा सम्बन्धित निकायमा पटकपटक उजुरी गर्दा पनि न्याय पाउन नसकेको उहाँले बताउनुभयो ।

आफ्नो घरका गाईबस्तु काटिदिने, धान परालमा आगो लगाईदिने लगायतका अपराधिक घटनाहरु पाँच बर्षदेखि घट्दै आएको उहाँले सुनाउनुभयो । तर यस बिषयमा न्याय खोज्दाखोज्दा आफु हैरान भइसकेको भन्दै बस्नेतले दुखेसो ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ,“ बहत्तर सालमा हाम्रो परालमा आगो लग्यो, भविष्य सम्झेर हामीले कतै केही भनेनौं । पछि थाहा भयो योजना बनाएर आगो  लाइदिएको रहेछ । त्रिहत्तर सालमा ग्वाली मै आएर रागाँको फिला काटिदिए । यसको लगतै धानको कुनिउमा आगो लगाइदिए ,७५ मन जति धान नष्ट भयो । हामीले हारगुहार गर्यौं, कसैले घटनाको छानविन गरिदिएन ।’’

“ छयत्तर सालमा फेरि राँगाको ढाड काटिदिए, त्यसको हप्ता दिनपछि भैसी काटिदिए । सतहत्तर सालको बैशाख १ गते घरै छेउमा रहेको परालको माचमा आगो लगाइदिए । हामीले वडा कार्यलयमा जानकारी दियौं, इलाका प्रहरी कार्यालय सिजुवामा निवेदन दियौं । कसैले छानविन गरिदिएन । अब त ज्यानकै डर भइसक्यो’’ काटिएका राँगाभैसीका फोटाहरु मोवाइलमा देखाउदै बस्नेतले भन्नुभयो ।

निवेदन दिएपछि पनि आफुहरुले धेरै पटक मैखिकरुपमा प्रहरी र जनप्रतिनिधिलाई भनेको तर अहिलेसम्म घटनाको खोजतलास नगरेको बस्नेतको भनाई छ ।

घटनामा घटाउनेले आफुलाई नचिनेको नम्वरबाट एसएमएस लेखेर धम्क्याउने गरेको पनि उहाले बताउनुभयो । यतिका प्रमाण सहित उजुरि गर्दा पनि प्रहरिले चासो नदिएको भन्दै बस्नेतले गुनासो गर्नुभयो ।

बस्नेतको घरमा पटकपटक यस्ता घटना घट्दै आएकाले आफुहरु पनि असुरक्षित रहेको छिमेकि स्थानिय आशिस कार्कीले बताउनुभयो । उहांले भन्न्नु भयो ,“ राति राँगाभैसी काट्न आउनेले हामीलाई पनि काट्न वेर छैन ।’’

जनप्रतिनिधिहरुले मात्र यो घटनाको खोजतलास गर्न नसक्ने १० नम्वर वडा सदस्य काजन ढकालले बताउनुभयो । प्रहरीले चासो नदिएका कारण घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको उहाको भनाई छ ।

आफुहरुले समेत पटकपटक इलका प्रहरी कार्यलयलाई घचघचाएको भन्दै वडा सदस्य ढकालले रतुवामाई प्रहरी प्रशासनले लापरभाई गरेको आरोप लगाउनुभयो । घटनाका दोषी पत्ता लगाई पिडित वस्नेत परिवारलाई न्याय दिलाउन वडा कार्यलयले पहल गरिरहेको पनि उहांले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.