Websoft University

उर्लाबारीमा संयुक्त बजार अनुगमन टोलीले गरे २ लाख सम्म जरिवाना, हरैचामा ४ वर्ष अगाडीको खाने तेल भेटियो


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,अहिले बजारमा कालोबजारी सँगै कृत्रिम अभाव तथा महंगी, म्याद गुजिरिएका मानव स्वास्थ्यसंग असर पर्ने बस्तु बिक्रि गरिएको गुनासो आइरहदा उद्योग कार्यलय विराटनगरले बजार अनुगमन दैनिकरुपमा गरिरहेको छ।

घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण  कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, पब्लिक फोरम विराटनगर र स्थानिय प्रशासन सहितको टोलीले बजार अनुगमन गरेको हो ।


उपभोक्ताको स्वाथ्यलाई खेलवाड नगर्न, गुणस्तरीय बस्तु सहज आपूर्ति गर्न बिल बिजक सहित मूल्य सुची राखेर बिक्रि वितरण गर्न बारम्बार सचेत गराए पनि कतिपय ठाउँमा कार्यान्वन भने  देखिएको छैन।  

संयुक्त बजार अनुगमन टिमले मंगलबार उर्लाबारी र सुन्दरहरैंचा नगरपालिका अनुगमन गरेको छ। उर्लाबारीको दिपेन्द्र किराना पसल  र अजय किराना पसलमा म्याद गुजिरिएका बस्तु  भेटिएको छ ।

दिपेन्द्र किराना पसलले अनुचित ब्यापरिक तथा  ठगी गरेको क्रियाकलाप गरिएको, बिक्री गर्न नहुने अत्याधिक परिमाणमा म्याद गुजिरिएको दैनिक उपभोगीय बस्तु  खाने तेल, कोल्ड डिर्क्स, बिस्कुट लगायतका बस्तु म्याद गुजि्ररहेको  फेला परेको छ। उक्त पसललाई उपभोक्ता संरक्षण ऐनको दफा १६ को २ क, छ, य र ठ  बमोजिम २ लाख जरिवना समेत गरेको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण  कार्यालय विराटनगर  प्रमुख हिमालय  बरालले जानकारी दिनुभयो ।  बाहिर महामारी र भित्र भोकमरीको समस्या भएको अबस्थामा  लकडाउनको अबस्थामा भेटिएका म्याद गुजि्ररहेको बस्तुहरु हटाउन र बिक्री नगर्न सचेत समेत गरेको छ । 
सुन्दरहरैंचा नगरपालिका -१ को हरैंचा बजारमा २ पसल बिमल किराना पसलमा पेय पदार्थ कोक, फेन्टा र ४ वर्ष अगाडिको खाने तेल  म्याद गुजिरिएको भेटिएको छ भने र  मितेरी  अनुगमन गर्दा  कोक फेन्टामा म्याद गुजिएको भेटिएको छ। म्याद गुज्रिएको बस्तु भने संयुक्त बजार अनुगमन टोलीले नष्ट गरेका छन्।  
कोक फेन्टा लगायत  म्याद गुजिरिएको बस्तु भेटिएपछी सुन्दरहरैंचा -१ का वडा अध्यक्ष बिनोद बहादुर बस्नेतले अगामी दिनमा कडा कदम चाल्ने र यस्ता म्याद गुज्रिएको भेटिएमा कसैलाई नछोड्ने  बताउनुभयो। 
संयुक्त बजार अनुगमन टोलि अनुगमनका गरे पनि म्याद गुजिरिरहेको बस्तु भेटिएपनी प्रभावकारी कार्यन्वयन भने भएको देखिदैन। यसमा स्थानिय देखि केन्द्र तह सम्मको समन्वयन हुन् जरुरि छ, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण  कार्यालय विराटनगर  प्रमुख हिमालय  बरालले  बताउनु भयो।  
यसरी मोरङको विभिन्न ठाउँमा गरिएको अनुगमनमा म्याद गुजि्ररहेको बस्तु भेटिदा उपभोक्ता  सचेत हुन जरुरी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.