Websoft University

भारतमा एकैदिन थप ३ हजार ९ सय जनामा कोरोना सङ्क्रमण भेटियो



काठमाण्डौ बैशाख २४ गते । रातो तारा डट कम,भारतमा एकैदिन थप ३ हजार ९ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतमा कोरोना सङ्क्रमण देखिएयता पहिलो पटक एकैदिन धेरै जनामा सङ्क्रमण देखिएको हो । योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार ४ सय ३३ पुगेको छ । 

यसअघि भारतमा अस्ति एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । साथै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा १ सय ९५ जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये १२ हजार ७ सय २७ जना निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.