Websoft University

साकेला पर्वमा १५ जना मात्र उपस्थित भएर मनाउने निर्णय


काठमाण्डौ बैशाख २४ गते । रातो तारा डट कम,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेकोछ । हरेक वर्ष पूर्णिमाको दोश्रो दिन लफ्याङमा सयौँको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपटक कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’लाई मध्यनजर गर्दै साकेला पुज्ने निर्णय गरेको हो । किराती राईहरुको बाक्लोबस्ती रहेको माझ किरात खोटाङमा साकेला सिली प्रदर्शन गर्दै महिनादिनसम्म साकेला उभौली पर्व मनाउने चलन छ । साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरमा साकेला नाच्ने गरिन्छ । वैशाख पूर्णिमादेखि शुरु हुने उभौली साकेला पर्व ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस प्राकृतिक विपत्ति नपरोस’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी मनाउने गरिएको  समाजका सदस्य राजेन्द्र राईले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.