Websoft University

दशगजा क्षेत्रमा नेपाली र भारतीय पक्षबीच झडप–दस गजामा तारबार लगाउ सरकारलाई जनताको दवाव बढ्दै,



काठमाण्डौ बैशाख २४ गते । रातो तारा डट कम,बाराको बिश्रामपुरस्थित भारतीय दशगजा क्षेत्रमा नेपाली र भारतीय पक्षबीच झडप भएको छ । दशगजा क्षेत्रमा रहेको खेतमा गएका नेपालीलाई भारतीय सीमा सुरक्षा बलले हातपात गर्न खोजेपछि स्थानीय प्रतिकारमा उत्रँदा झडप भएको हो । पानी परेपछी खेत जोत्नयोगय छ कि छैन भनेर अवलोकन गर्न गएका बिश्रामपुर गउँपालिका ४ का छोटेलाल साहलाई एसएसबीले हातपात गर्न खोजेका कारण प्रतिकारमा उत्रिनुपरेको स्थानीयले बताएका छन् । नेपाली पक्षको एक समूह नै एसएसबीबिरुद्ध खनिएपछि भारतीय नागरिकहरु समेत विरोधमा उत्रिँदा केही होहल्लाको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको बाराका सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुबेदीले बताउनुभयो । केहिबेर होहल्लापपछि दुबै पक्षलाई सम्बन्धित देशका सुरक्षाकर्मीहरुले सम्झाइबुझाइ घर पठाएको सशस्त्र प्रहरी उपरिक्षक सुबेदीले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.