Websoft University

सुन्दरहरैचामा लकडाउन उल्लंघन गर्ने लाई कारबाही


शिव भट्टराई,मोरङ बैशाख २४गते । रातो तारा डट कम,लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिए पछि सबै जिल्लामा थप कडा गरे सँगै सशस्त्र प्रहरी सुरक्षाबल नेपाल हाइवे चेक पोस्ट मोरङ सलकपुर , नेपाल प्रहरी विराटचौक साथै ट्राफिक प्रहरी कार्यलय विराटचोक लगायत संयुक्त टाेलीले पनि कडा गरेको छ। 

शसस्त्र प्रहरी सुरक्षा बल नेपाल हाईवे चेक पोस्ट सलकपुरले बुधबार बिहानै लकडाउन उलंघन गरेका तथा सवारी साधन र अन्यावश्यक रुपमा हिड्ने ब्यक्तिलाई समाजिक दुरि कायम गरेर सचेतनामुलक कार्यक्रम गरि सचेत गराएको छ।  

लकडाउन उल्लंघन गर्ने क्रम बढेपछी बुधबार बिहान चेक पास बाहेक सवारी साधनलाई रोकेर एक घन्टा राखिएको थियो र सामाजिक दुरी कायम गराएर सचेत गराएको थियो। कतिपय पास लिएका सवारी साधनको दुरुपयोग हुन थालेपछि एम्बुलेन्स र अन्य अति आवश्यक बस्तु ओसारपसारको सवारिमा पनि छड्के चेक गरेको थियो। हामीले लकडाउन उलंघन गरेका ब्यक्तीलाई किन लकडाउन उलंघन गर्नु भयो भन्ने प्रश्न गर्दा कतिले क्यामेरा अगाडि बोल्न चाहेनन्।कति बिना पासमै आफ्नो काममा निस्केको पाईयो।त्यसैगरी विराटनगरबाट आएको दूधको गाडीमा दूध हो भनेर अण्डा ल्याएको समेत भेटियो। सचेतना कार्यक्रम गर्दै सशस्त्र प्रहरी बल सलकपुर हाइवे चेक पोस्ट साथै नेपाल प्रहरीले सुन्दरहरैचामा अहिले सम्म चेक जाँच गर्दा अहिले कमि भएको प्रहरी निरिक्षक बिदुर भट्टराईले जानकारी दिनु भयो।

सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाईवे चेक पोस्टले लकडाउनकै क्रममा भएको चोरी निकासी घटना होस या बिपत ब्यबस्थापनमा होस, जनताको सेवामा अहोरात्र खटिरहेको छ।यो विषम परिस्थितिमा हुलमुलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड १९ को संक्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर लकडाउन पालन गर्नु तपाईं हामी सबैको दायित्व हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.