Websoft University

पयर्टन व्यवसाय दयनिय अवस्थामा


इटहरी । कोरोना भाइरसका कारण विश्व नै प्रभावित भईरहेको समयमा पुर्वी नेपालका पर्यटन व्यवसायीहरुले भर्खर बामेसर्दै गरेको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको गुनासो गरेका छन ।

भौगोलिक प्राकृतिक मनोरमता , वहुजाति धार्मिक , भाषा भाषीका मानिसहरुको सघन बसोबास रहेका कारण पनि पुर्वी नेपाल पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्यका रुपमा विकासीत वन्दै आएको समयमा कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको गुनासो गरिएको हो ।

नेपाल सरकारले सन् २०२० मा मात्र २० लाख पर्यटकहरु भित्रयाउने महत्वकाँक्षी लक्ष्य सहित घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल वनाउन पर्यटन क्षेत्रमा पुर्वी नेपालमा ठुलो लगानी पर्यटन व्यवसायीहरुले गरिसकेका  थिए । यही समयमा  कोरोना भाइरसका कारण मुलुकमा लकडाउन पछि पर्यटन व्यवसाय दुई वर्ष उठ्न नसक्ने गरी पछि परेको होटल व्यसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले गुनासो गरे ।

 निजी क्षेत्रबाट ठुलो लगानी र धेरै मानिसहरुलाई रोजगार दिदै आएको पर्यटन व्यवसायको लगानी सुरक्षित र रोजगारी गुम्न नदिन सरकारले कृषि क्षेत्रलाई जस्तै गरि सरकारले प्याकेज ल्याउनु पर्ने अध्यक्ष पराजुलीले माग गरे ।

पर्यटन व्यवसायका लागि व्यवसायीहरुले वैकबाट लिएरको क्रृण र किस्ता तिर्न समेत नसक्ने अवस्थामा व्यवसायीहरु पुगि सकेको गुनासो गरिएका छन एका तर्फ भने अर्का तर्फ पर्यटन व्यवसायसंग जोडिएर जोजगारी गरिरहेकाहरु भोलीका दिनमा बेरोजगार बन्नु पर्ने चिन्तामा पर्न थालेका छन ।

पयर्टन व्यवसाय दयनिय अवस्थामा रहेको र रोजगारी घट्ने अवस्थामा पुगि रहेकोतर्फ मध्यनजर गर्दै सरकारले पयर्टन व्यवसाय गर्दै आएका संस्थाहरु हेरेर ऋण व्यवस्थापन गर्नु पर्ने सुझाव दिन्छन अर्का पर्यटन व्यवसायी सुनिल भुषाल । सरकारले व्यवसायका लागि बैकहरुसंग समन्वय गरी ऋणको व्यवस्थापन र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने योजनामा अघि सार्नु पर्नेमा समेत उनले जोड दिए ।

 भोलीका दिनमा समेत पर्यटन व्यवसायका लागि सरकारले विशेष प्याकेज ल्याएर व्यवसायीलाई उत्साहित वनाए व्यवयासीहरुको मिहिनेतले पहिलेकै अवस्थामा फर्काउन समय नलाग्ने पर्यटन व्यवसायीहरु वताउछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.