Websoft University

मृतक देवी प्रसाद दुलालको श्रीमती मिना श्रेष्ठ दुलालकै मिलेमतोमा हत्या भएको पुष्टि


बिराटनगर जेठ  ५ गते । रातो तारा डट कम,जिल्ला सिराहा लहान नगरपालिका पडहरिया टोल घर भई हाल जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह । 

जिल्ला सुनसरी इटहरी उप-महानगरपालिका वडा नं १२ बस्ने निर्मल साहको छोरा बर्ष २० को सोनु साह । जिल्ला सुनसरी ईटहरी उपम।न।पा।वडा नं १२ र भई हाल जिल्ला मोरङ्ग बिराटनगर महानगरपालिका वडा नं १० मधुमारा चोक बस्ने निज मृतक देवी प्रसाद दुलालको श्रीमती मिना श्रेष्ठ दुलाल समेत मिलि हत्या गरेको खुलेको छ।

घटना बिवरण-जेठ ४ गते विहान रातको अन्दाजी ३ बजे देवी प्रसाद दुलालाई उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पुर्‍याउदा निजको मृत्यू भएको सम्बन्धमा १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा मृतकले संचालन गरेको देवी पाथीभरा फार्मेसीमा स्टाफको रुपमा बिगत ४ बर्ष अगाडी देखी काम गर्ने गरेको ब्रहमदेव साह, सोनु साह र श्रीमती मिना श्रेष्ठले निज देवीप्रसाद दुलाललाई कर्तब्य गरी मारेको भन्ने तथ्य अनुसन्धानबाट खुल्न आएको
छ ।
 मृतक देवीप्रसाद दुलाल र मिना श्रेष्ठ लोग्ने-स्वास्नीवीचको सम्बन्ध राम्रो नभएकोले मनमटाव झै-झगडा हुँदै आएको सन्दर्भमा मिना श्रेष्ठ र ब्रह्मदेव साहको योजना अनुसार जेेठ ३ गते रातको अं १०.३० बजेको समयमा ब्रह्मदेव साह र सोनु साह मृतक देवी प्रसाद दुलालको डेरा कोठामा आएपश्चात निजको श्रीमतीले ढोका खोलेपछी दुवैजना घरमाथी चढी सोही रात करिव ११ बजे देवीप्रसाद दुलाललाई सुतेको अवस्थामा प्रतिवादीहरूले पन्जा लगाई डोरीले घाँटीमा बाँधी मारेको खुल्न आएको हो । 

जेठ ४ गते बिहानको अं २.५० बजेको समयमा मृतक देवी प्रसाद दुलालको श्रीमती मिना श्रेष्ठ दुलालले छिमेकी, घरबेटी र धन बहादुर काफ्लेलाई आफ्नो श्रीमान अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएको र उपचारको लागी गोल्डेन अस्पताल लगेको देखिन्छ । पक्राउ प्रतिवादीहरूलाई कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसगन्धान कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी गाराएको थियो । 

घटनामा बरामद दशीको सामानहरुस्
मोवायल  ४ थान
प्रयोग भएको सिमकार्ड ८ थान
एयलमक पाउडर को बट्टा थान १
कपडाको ब्याण्डेज थान १
नाइलनको डोरी २ थान
सर्जिकल पन्जा ८ जोर
घटनास्थलबाट उठएको रगत लागेको बेडकभर थान १
सिरानीको खोल थान १
ब्लयाङकेको टुक्रा थान १
चुडिएको सिक्री थान १ ९२ टुक्रामा  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.