Websoft University

कृषक चिन्तित


मोहन कुमार राई-सङ्खुवासभा,जेठ ५ गते । रातो तारा डट कम,संखुवासभाका चैनपुर नगरपालिका स्थित धेरै स्थानमा मकै वालीमा लागेको रोगले कृषकहरु चिन्तित छन् । ग्रामिण बस्तीमा लकडाउनको सामना गर्दै कृषि पेशामा फर्किका कृषकहरु यतिखेर चिन्तित बनेका छन् ।

आफ्नो खेतवारीमा लगाइएको मकैबालीमा फौजी किरा भनिने अनौठो प्रजातिको रोगको प्रकोप आएपछि शुरुमा मकैको बोटको गुवो खाने पात छ्यान्द्रो बनाउँदै लगेर अन्तमा मकैको बोटनै सुक्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । 
घरबाहिर जान समस्या हुँदाहुँदै आफ्नो पेट गुजाराका लागि लकडाउनको कडाइको समेत प्रबाह नगरी कृषकहरु आफ्नो खेतवारीमा भएपनि यस वर्ष यस अनौठो प्रजातिको किराले मकैमा दुःख दिएपछि यसको रोकथाममा सरोकार निकायले चासो नदेखाएको कृषकहरुको गुनासो रहेको चैनपुर नगरपालिका वडा नं. ३ का अगुवा कृषक प्रेम शेर्पाको गुनासो छ । शेर्पाका अनुसार आफूले खाइनखाइ लगाएको मकैबाली जम्मै फौजी जातको किराले नष्ट गरेपछि यतिखेर चैनपुर नगरपालिका भित्रका अधिकांश कृषकको गुनासो पनि त्यस्तै छ ।

औषधि उपचारको लागि विषदी लिन जाऔँ भने लकडाउन छ, त्यत्तिकै बसौँ भने सबै बाली नाङ्गो बनाइसक्यो, कसरी बाँच्ने होला यो संकटमा भन्दै चिन्तित मुद्रामा कृषक गोपालचन्द्र अधिकारीले समेत दुखेसो पोखे । कृषक अधिकारी भन्छन्, सरोकार निकायले यसको रोगथामको लागि पहल गरिदिए ठूलो राहत कृषकलाई मिल्ने थियो कस्ले सुन्लार हाम्रो व्यथा उनले आँखाभरी आँशु पार्दै संचारकर्मीसँग दुखसो पोखे ।

चैनपुर नगरपालिका स्थित जालपा देवी कृषि सहकारीले टोलमा केही औषधी कृषकलाई वितरण गरे पनि सबै ठाउमा यस रोगको निदान हुन नसक्ने अनुमान कृषकहरुको छ ।

वालिमा लागेको रोगको उपचारको लागि संखुवासभाका प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरी झापा जिल्लाबाट चाडै विषादी ल्याउन लागेको चैनपुर नगरपालिका उप प्रमुख मुना श्रेष्ठले वताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.