Websoft University

उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको संयुक्त प्रेश विज्ञप्ती-व्यावसायिले आफ्ना माग मुख्य मन्त्री राइलाइ बुझाए


बिराटनगर जेठ ५ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका तर्फबाट कोभिड १९ महामारीको बर्तमान अवस्था एवम आगामी आर्थिक वर्ष २०७७-७८ का लागि प्रदेश नं. १ को प्रदेश सरकारले ल्याउने वजेटमा उद्योग-व्यवसाय क्षेत्रको प्रोत्साहन एवं यस क्षेत्रको विकासका साथै प्रदेश नं. १ को समग्र आर्थिक विकासका सन्दर्भलाइ समेट्नु पर्ने बिषयहरुका सन्दर्भमा  तयार पारेको सुझाव दुवै संस्थाका अध्यक्ष्ँद्धयले प्रदेश नं १ का माननीय मुख्य मन्त्री शेरधन राई समक्ष्ँ आज मिति २०७७ ज्येष्ठ ५ गते हस्तान्तरण गर्नु भएको छ । 

सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष्ँ भीम घिमिरेले विश्वव्यापी महामारीको यस समयमा नीजि क्ष्ँेत्रले  पु¥याउदै आएको सहयोगका वारेमा उल्लेख गर्दै आगामी दिनमा यस क्ष्ँेत्रको भूमिकालाई अझ व्यापक कसरी वनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नु भयो । 

अध्यक्ष्ँ घिमिरेले वर्तमान कठिन परिस्थितिमा उद्योग व्यवसाय संचालनका लागि संघिय, प्रदेश र स्थानीय निकायबाट तोकिएको प्रावधानहरु बिच एकरुपता नहुदा उद्योग व्यवसाय संचालनमा विभिन्न वाधा व्यवधान र कठिनाईको सामना गर्नु परिरहेकोले उद्योग व्यवसाय संचालनको सहज वातावरण वनाउन तिनै तहका सरकारहरु बिच आवश्यक समन्वय गरि पहल गर्न मुख्यमन्त्री समक्ष अनुरोध गर्नुभयो । 

अध्यक्ष्ँ भीम घिमिरेले प्रदेश नं १ बिषेश गरि सुनसरी, मोरंग र झापाका विभिन्न सदस्य ईट्टा उद्योगहरुमा २०००० हजारभन्दा बढि भारतीय श्रमिकहरु कार्य गर्दै आएको भएतापनि वर्तमान समयमा ईट्टा उद्योगहरु संचालनमा नभएको र श्रमिकहरु पनि लामो समय देखि जारी लकडाउनका कारण उद्योग मै फसिरहेको र घर फर्कन चाहिरहेको हुदा त्यस्ता श्रमिकहरुलाई स्वदेश फर्कने वातावरण वनाउन आवश्यक पहल गर्न अनुरोध गर्नु भयो । 

त्यसै गरि अध्यक्ष घिमिरेले उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका तर्फबाट आगामी आर्थिक वर्षको वजेटमा उद्योग व्यवसाय क्ष्ँेत्रको विकास, सम्वद्र्धन, प्रवद्र्धनका साथै समग्र आर्थिक विकासका लागि प्रदेश सरकारले वजेटमा समावेश गर्नु पर्ने विषय वस्तुहरु मुख्यरुपमा क्रश बोर्डर औद्योगिक ग्राम, बिराटनगर बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थल बनाउने,अन्तरािष्ट्रय स्तरको प्रदर्शनी केन्द्र सथापना लगायत समेटि तयार पारेको सुझावलाई प्राथमिकता दिई समावेश गर्न मुख्यमन्त्री समक्ष्ँ अनुरोध गर्नु भयो । 

मोरंग व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले वर्तमान समयमा उद्योगहरु चरम मारमा परी धरासायी हुने तर्फ उन्मूख भईरहेको तर्फ ध्यानाकर्षण गराउदै प्रदेश सरकारबाट यस क्षेत्रको विकास निर्माणका कार्यलाई समेत गति दिई अघि बढाउनु पर्ने अपरिहार्यतालाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने वजेटमा समावेश गर्नका लागि नीजि क्षेत्रका तर्फबाट प्रस्तुत सुझावलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याउन मुख्य मन्त्रीमा अनुरोध गर्नु भयो । 

प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले महामारीका कारण आर्थिक गतिविधि ठप्प हुदा सबै क्ष्ँेत्रलाई मार परिरहेको वताउदै प्रदेश सरकारले आगामी दिनमा मानव स्वास्थ्यलाई उच्च प्राथमिकता दिई परिक्ष्ँणको दायरालाई वढाउदै प्रदेश नं १ लाई ग्रिन जोनको वर्गिकरणमा पार्ने गरि कार्य अघि बढाइएको बताउनु भयो । मुख्यमन्त्री शेरधन राईले नीजि क्ष्ँेत्र आर्थिक विकासका सहयात्री भएकाले यस क्ष्ँेत्रको विकास र संचालनमा आईपर्ने समस्यालाई समाधान गर्न आफु सदैव तत्पर रहेको वताउदै सबै निकाय वीच सहजीकरणका लागि आफुले पहल गर्ने वताउनु भयो । 

उद्योग संगठन मोरंगका अध्यक्ष्ँ भीम घिमिरे र मोरंग व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले दुवै संस्थाका तर्फबाट तयार परिएको सुझाव मुख्यमन्त्री शेरधन राईलाई वुझाउनु भएको थियो भने उक्त समयमा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, उपाध्यक्ष्ँ राकेश सुराना, मोरङ ब्यापार संघका पूर्व अध्यक्ष श्री पवन सुराना, श्री महेश जाजु, बरिष्ठ उपाध्यक्ष श्री नविन झा लगायतको उपस्थिति रहेको थियो । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.