Websoft University

कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ५७ पुग्यो


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम,बाँकेमा थप ४७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनामा कोरोना भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाका अनुसार ४६ पुरुष र १ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । 

जसमध्ये पुरुष २९८ जना पुरुष रहेका छन् भने बाँकी महिला रहेका छन् । यससंगै ३१ जिल्लामा कोरोना फैलिएको छ ।  यस्तै सरकारले परिक्षणको गति बढाएको पनि बताएको छ । डा. देबकोटाका अनुसार हाल सम्म ३० हजार जनाको पिसिआर बिधिबाट परिक्षण भएको छ भने ६९ हजार ५ सय ६० भने आरडिटि अर्थात दु्रत बिधिबाट परिक्षण भएको छ । कोरोनाभाइरसका कारण मृत्यु भएका सिन्धुपाल्चोकका महिलाको १४ दिने शिशु सहित परिवारका चार जना सदस्यमा कोरोना नभएको रिपोर्ट आएको छ । 

धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिनुभयो । २९ वर्षिया सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएको थियो । उनमा कोरोना पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो । परिवारका बाँकी सदस्यमा मृतकका श्रीमान, आमा र बहिनी छन् । नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको अस्पतालले जनाएको छ । सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका ९ राम्चे घर भएका महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.