Websoft University

कोरोना संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र - सामाजिक विकास मन्त्री घिमिरे



विराटनगर, ५ जेठ । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनु भएको छ । 
कोरोना संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर परीक्षण गरिने उहाँले बताउनुभयो । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज मन्त्री घिमिरे धनकुटा जानु भएको थियो । 

धनकुटामा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सवैलाई परीक्षण गर्न संभव छैन, संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर शंकास्पदको परीक्षण गरिन्छ ।’ आवश्यक सामानको अभाव र महंगीले सबै मानिसको परिक्षण गर्न नसकिने उहाँले बताउनुभयो । 

कोरोना परीक्षण जहाँतहाँ गर्न नसकिने भएकाले समस्या भएको मन्त्री घिमिरेले वताउनुभयो । प्रदेश १ मा तीन स्थानबाट पीसीआर परीक्षणको प्रवन्ध गरिएसँगै परीक्षणको दर बढेको उहाँले बताउनुभयो । प्रदेशका सबै जिल्लामा समान रुपमा स्वास्थ्य सामाग्री प्रदेश सरकारले पठाएको मन्त्री घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ संक्रमण देखिएका जिल्लालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको
छ ।’ मन्त्री घिमिरेले धनकुटामा संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको आधारमा करिब ५ जनाको परिक्षण गर्न सकिने बताउनुभयो । 

परिक्षणका लागि आवश्यक किटको अभाव भएपनि संक्रमण भएको ठाउँमा परीक्षण नरोकिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले जिल्ला अस्पताल धनकुटाको पनि निरीक्षण गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.