Websoft University

नर्सको कोरोना रिपोर्ट पोजेटिभ, छोराको नेगेटिभ


विराटनगर जेठ ५ गते । रातो तारा डट कम, जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना पोजेटिभ रिपोर्ट आएपछि आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय स्वास्थ्यकर्मीमा हिजो साँझ कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनी ५ वर्षीय छोरा लिएर कोभिड अस्पताल विराटनगर आएकी थिइन । आमा छोरा डेरामा वस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याईएको थियो । अस्पतालमा आमा छोरा नै आईपुगेपछि ५ वर्षीय छोराको कोरोना परीक्षण गरिएको थियो । 

कोरोना परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मोरंगमा कार्यरत संक्रमितका श्रीमानलाई छोरा जिम्मा लगाईएको कोभिड १९ अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो । 

छोरालाई होमक्वारेन्टाईनमा राख्न भनिएको उहाँले बताउनुभयो । जनस्वास्थ्य अधिकृत वस्नेतका अनुसार कोभिड अस्पतालमा उपचाररतको संख्या २३ रहेको छ । १७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । 

आज मोरंगको रतुवामाईका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रतुवामाईमा संक्रमण देखापरेका संक्रमितलाई कोभिड अस्पताल ल्याउने तयारी भईरहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताउनुभयो ।
............................
प्रदेश १ बाट थप १ जना डिस्चार्ज
विराटनगर, ५ जेठ । प्रदेश १ बाट थप एकजना डिस्चार्ज भएका छन् । 

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । 

पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयो । 

मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत रहेका छन् । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.