Websoft University

एमसीसी महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने–नेकपा नेता भीम रावल


काठमाण्डौ जेठ ६  गते । रातो तारा डट कम,नेकपाका नेता भिम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने बताउनुभएको छ । हिजों   प्रतिनिधिसभा बैठकमा नेता रावलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तर्फ लक्षित गर्दै यो महाकाली सन्धि जस्तै राष्ट्रघाती हुन सक्ने खतरा औल्याउनुभयो । नेता रावलले विवादास्पद एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको धारणा राख्दै यसलाई तत्काल पारित गर्न नहुने बताउनुभयो । नेकपाभित्र पनि एमसीसी पारित गर्ने, नगर्ने भन्नेमा विवाद छ । काँग्रेस भने एमसीसी पारित गर्नुपर्ने पक्षमा छ । हिजो प्रतिनिधिसभा बैठकमा काँग्रेस सभापति देउवाले एमसीसी छिटो पारित गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.