Websoft University

स्वास्थ्य सामग्री लिन वाइडवडी विमान चीन जाँदै,


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम,नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान आज चीन जाँदै छ । पहिलो चरणको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि आज साँझ वाइडबडी त्यसतर्फ जान लागेको हो । आज जाने विमानले १८ टन स्वास्थ्य सामग्री ल्याएर फर्किने नेपाली सेनाले जनाएको छ । पीसीआर परीक्षणका लागि चाहिने किट, व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्क, पञ्जा, चस्मा लगायतका सामग्री पहिलो चरणमा आउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । ओम्नीसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । तर, सेनाले पनि लामो समयसम्म स्वास्थ्य सामग्री ल्याउन नसकेको भन्दै विपक्षी दलले आलोचना गरेको थियो । सेनाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.