Websoft University

सरकारले मानवीय क्षति हुन नदिन लागि परेकोछ–प्रधानमन्त्री केपी शर्मा ओली



काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट थप मानवीय क्षति हुन नदिन सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले कोरोनाको महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले गरेका प्रयासलाई थप सशक्त बनाउने आफ्नो ट्वीटरमार्फत जनाउनुभएको हो । सिन्धुपाल्चोकका एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरलेआफू अत्यन्त दुखित भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले ट्विटरमार्फत नै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभयो । गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएका ती महिलाको मृत्युसँगै नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.