Websoft University

नेविसंघ मोरङको नाममा स्टाटस नलेख्न चेतावनी


विराटनगर बैशाख २३ गते । रातो तारा डट कम, नेपाली कांग्रेसले मोरङले नेपाल विद्यार्थी संघको नाममा सामाजिक सञ्जालको आएका विषयहरुको विषयमा ध्यानाकर्षण गर्दै सचेत गराएको छ ।

नेविसंघ मोरङको कार्यसमिति नै नरहेको अवस्थामा संघको नाममा केही व्यक्तिबाट कोभिड १९ मा समस्यामा परेकालाई राहत लगायत विषयमा व्यक्तिगत रुपमा स्टाटस र फोटो आएको विषयमा पार्टीले यस्तो कार्य रोक्न भनेको हो ।

पार्टीका जिल्ला उपाध्यक्ष शिवनारायण सिंह गन्गाईले आज प्रेस विज्ञप्ति प्रकासित गरी नेविसंघ मोरङको कार्यसमिति नरहेको स्पष्ट गर्दै संघको पदीय जिम्मेवारीमा रहेको भनि प्रचार नगर्न सचेत गराएका छन् । 

विज्ञप्तिमा ‘यस्ता कार्य नगर्न र गरे त्यसको नियमअनुसार आईजाने व्यहोर्नु पर्ने ’जनाइएको छ । नेविसंघको जिम्मोवारीमा रहेको भन्दै केही व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको विषयमा पार्टीलाई औपचारिक रुपमा जानकारी आएको उपसभापति सिंहले जनाएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.