Websoft University

प्रदेश १ बाट ६ जना डिस्चार्ज गरिने


विराटनगर वैशाख २३ गते । रातो तारा डट कम, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् ।

सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले ६ जनालाई भोली विहान ८ वजे डिस्चाजै गरिने भएको छ ।

वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेले बताउनुभयो । तीन पटक सम्म उनीहरुको स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टी गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

भोली विहान डिस्चार्ज गरिने सवै भारतीय नागरिकहरु रहेका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

 भोली डिस्चार्ज हुने सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले बताउनुभयो । डिस्चार्ज हुनेहरुको रगत परीक्षणको काम बाँकी रहेकाले भोली विहान डिस्चार्ज गरिने लागेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनभयो ।

डिस्चार्ज हुने सवैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखीने मन्त्री घिमिरेले बताउनुभयो । क्वारेन्टाईनको स्थलगत निरीक्षण गरिएको उहाँले बताउनुभयो ।

१० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखीने तयारी भएको उहाँले बताउनुभयो । कोभिड अस्पतालमा उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.