Websoft University

लकडाउनको आज ४३ औँ दिनमा आइपुग्दा– कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेकोछ


काठमाण्डौ बैशाख २३ गते । रातो तारा डट कम,कोरोना भाइरस अर्थात् कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी अर्थात् लकडाउनको आज ४३ औँ दिन पुगेको छ । बन्दाबन्दीको ४३ दिन पुग्दा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । आज नेपालगञ्जमा एकैदिन थप ७ जना कोरोना सङ्क्रमित भेटिएसँगै सङ्क्रमितको सङ्ख्या ८२ पुगेको हो । 

अस्ति आइतबार नेपालगञ्जमा मात्रै १५ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । विज्ञहरूले भने कोरोना भाइरस रोकथामको लागि भन्दै सरकारले जारी गरेको बन्दाबन्दीको डेढ महिना पुग्दा पनि परीक्षणको दायरा नबढाएको तर बन्दाबन्दी मात्रै बढाउने कोसिस गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र  पाण्डेले बन्दाबन्दीसँगै सरकारले परीक्षणको दर व्यापक बढाउनुपर्ने भए पनि त्यसो नभएको बताउनुभयो । नेपालका कुल कोरोना सङ्क्रमित ८२ मध्ये प्रदेश १ मा मात्रै ३१ जना छन् । प्रदेश ५ मा २४ र प्रदेश २ मा १३ जनामा सङ्क्रमण देखिएको छ । बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा सङ्क्रमण देखिएको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.