Websoft University

गाईघाट वैशाख २३ गते । रातो तारा डट कम,उदयपुरमा पहिलो पटक पुष्टी भएको १३ जना कोरोना संक्रमीत को दोसो्र पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाष ५ गते पहिलो पटक संक्रमीत पुष्टी भएर कोरोना अस्पताल विराटनगर को आईसोलेसनमा उपचार गराईरहेको उनीहरु को १४ दिन पछि गरीएको पिसीआर रिपोर्ट नेगेटीभ आएको हो । 

सुक्रवार र सोमबार को परिक्षण वाट सुरुमा १३ जनामा कोरोना नेगेटीभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदी ले वताए । अव फेरी अर्को पटक परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटीभ आए डिस्चार्ज गरीने छन । उनले भने। त्रियुगानगरपालीका ३ भुल्के मस्जिदमा  १२ भारतीय सहित १६ जना जमाती मध्ये पहीलो पटक  उनीहरुमा कोरोना संक्रमण देखीएको थियो । 

उनीहरु संगै भुल्के क्षेत्र वाट संक्रमण  पुष्टी भएको थप १५ जना पनी कारोना अस्पताल मा उपचाररत छन ।  दोसो्र पटक भेटीएका ८ जना संक्रमीत को पनी आईसोलेसन वसाई १४ दिन पुगेको ले वुधबार उनीहरुको पनी दोसो्र स्वाब परिमाण हुदै छ । आईसोलेसनमा रहेका १३ जना को सुक्रबार र सोमबार दुई पटक परिक्षण गरीएको हो। अब दुई दिन पछि पुःन परिक्षण गरीनेछ ।

 परीक्षण रिपोर्ट नेगेटिभ देखीए उनीहरु लाई डिस्चार्ज गरीने प्रमुख सुवेदी ले वताए । उनले १२ भारतीय कोरोना मुक्त भए डिस्चार्ज गरेर कहा पठाउने भन्ने बारे अन्यौल रहेको वताए । वैशाष ५ देखी ९ गते भित्र भुल्के मस्जिद आसपास कोरोना परीक्षण गर्दा १२ भारतीय सहीत २८ जनामा संक्रमण पुष्टी भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.