Websoft University

विगत ६ दिनदेखि किट अभाब हुदा परिक्षण रोकियो


श्याम राई÷उदयपुर-गाईघाटजेष्ठ ९ गते । रातो तारा डट कम,भिटिएम अभाबमा उदयपुरमा कोरोना परिक्षण रोकिएको छ । कोरोना संक्रमणको  उच्च जोखिम रहेको क्षेत्रमा विगत ६ दिनदेखि किट अभाब हुदा परिक्षण गर्ने काम रोकिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भिएिम अभाब भएकै कारण कोरोना परिक्षण रोकिएको बताए । 

पछिल्लो पटक एक संचारकर्मीमा कोरोना पुष्टी भएसँगै उनीसँग सम्पर्कमा रहेकाहरु झण्डै २ सय ५० जना भन्दा बढी व्यक्तिको परिक्षण रोकिएको प्रमुख सुवेदीले बताए ।‘ हामीले  भिटिएम तत्काल पठाउन प्रदेश सरकारलाई पटकपटक आग्रह गरिसका छौ । तर अहिले सम्म आएको छैन ।’ उनले भने । हामीसँग पर्याप्त जनशक्ति भएता पनि भिटिएम अभावमा स्वाब संकलन रोकिएको छ । ६ दिनदेखि स्वाब संकलन गर्ने काम हुन सकेको छैन ।

कोरोना संक्रमीत क्षेत्र त्रियुगा नगरपालिका–३ भुल्के वाहिर एक पत्रकारलाई कोरोना पोजेटिभ भएसँगै उनको कन्ट्रायाक्ट ट्रेसिङ्गको आधारमा ३८ जनाको नमूना संकलन गरिएपछि भिटिएम रोकिएको हो । प्रदेश सरकारले तिन दिन अघि पठाएको  ५ थान भिटिएम समेत काम नलाग्ने भएपछि स्वाब संकलनको काम पूरै रोकिएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

तिन गतेदेखि नै भिटिएम रोकिएपछि स्वाब संकलन हुन सकेको छैन । बैशाख ५ गते भुल्केस्थीत नुरी मस्जिद आसपास बस्तीमा पहिलो पटक कोरोना संक्रमीत देखिएका थिए । बस्ती बाहिर गाईघाट बजार क्षेत्रमा एक पत्रकार सहित अहिले सम्म ३३ जनामा कोरोना पुष्टी भएको छ । ति मध्ये २३ जना उपचारपछि डिस्चार्ज भएर विभिन्न क्वारेन्टाईनमा बस्दै आएकाछन् ।

कोरोनाको हटस्पट बनेको उदयपुरमा अहिले सम्म परिक्षण सुस्त गतिमा हुदै आएको छ । त्रियुगा नगरपालिकाका मेयरले प्रदेस र संघिय सरकारलाई कोरोना परिक्षण सुस्त गतिमा भएकोले तत्काल विशेषज्ञ सहितको टोली पठाएर तिब्र गतिमा परिक्षण गर्नु पर्ने माग राख्दै आएको भएता पनि अझै सुनुवाई हुन सकेको छैन । एउटा बस्ती र समुदायबाट अर्को बस्ती र समुदायमा कोरोना संक्रमण फैलदा समेत स्वाब परिक्षणको दायरा फराकीलो बनाउन नसक्नु सरकारको उदासिनता रहेको मेयर बलदेव चौधरीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उदयपुरमा अहिलेसम्म १ हजार ५ सय ४१ जनाको पिसिआर परिक्षण गरिएको जनाएको छ ।






                                                   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.