Websoft University

कोरोना संक्रमितको सङ्ख्या १ लाख १८ हजार नाघ्यो भारतमा


  
काठमाण्डौ जेठ ९ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख १८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या पनि तीन हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट १ सय ४८ जनाको मृत्यु भएको हो । भारतमा अहिलेसम्म ४८ हजार पाँच सय ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.