Websoft University

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०७ पुग्यो


काठमाण्डौ जेठ ९ गते । रातो तारा डट कम,आजै थप २० जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टिभएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७ पुगेको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय एक पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । बाँकेमा  १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुष हुन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका र बाँकी १३ जना नरैनापुरका बासिन्दा हुन् । मोरङको रतुवामाई २ का एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.