Websoft University

भारतीय मजदुरलाई स्वदेश फर्काउन उद्योगीको आग्रह


काठमाण्डौ जेठ ९ गते । रातो तारा डट कम, भक्तपुरका इटा उद्योगीहरुले लकडाउनका कारण नेपालमै रोकिएका भारतीय मजदुरलाई स्वदेश फर्काउने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । इटाभट्टाको सिजन सकिएपनि लकडाउनका कारण भारतीय मजदुर भक्तपुरका विभिन्न भट्टा उद्योगमै बसिरहेका छन् ।

अहिले उनीहरुलाई खानबस्न समस्या हुन थालेपछि भारत फर्काउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन् । भक्तपुर इटाभट्टा व्यवयासी संघका अध्यक्ष नातिभाइ ह्योंम्वाका अनुसार, अहिलेसम्म भारतीय मजदुरकलाई सम्बन्धित इटाभट्टा व्यवसायीले नै खानेबस्ने व्यवस्था मिलाउँदै आएका छन् । 

लकडाउनले समस्यामा परेका ईटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई व्यवसायीले कामविहीन भएको झन्डै एक महिनादेखि राहतस्वरुप प्रत्येक हप्ता रकम दिइरहेका छन् । तर, लकडाउन लम्बिँंदै जाँदा हप्तैपिच्छे यसरी नै निरन्तर सहयोग गर्न आफूहरुलाई अप्ठेरो भएको भन्दै उनीहरुले स्वादेश फिर्ता पठाउन माग गरेको अध्यक्ष ह्योंम्वाले बताउनुभयो । भक्तपुरभरी ८४ वटा इटाभट्टा छन् । त्यसमा दुई हजार नौ सय ४७ जना भारतीय मजदुर कार्यरत छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.