Websoft University

बागलुङको ढोरपाटनमा नयाँ जातको स्याउ परीक्षण



काठमाण्डौ जेठ ९ गते । रातो तारा डट कम, बागलुङको ढोरपाटनमा परीक्षणको रुपमा नयाँ जातको स्याउका बिरुवा रोप्न थालिएको छ । स्याउ व्लकमा समेटिएको ढोरपाटनको माथिल्लो खर्कमा किसानहरुलाई विभिन्न जातका २ सय वटा विरुवा उपलब्ध गराईएको छ । कृषि ज्ञान केन्द्र पर्वतले परिक्षणका लागि गोल्डेन, रोयल डेलिसियस, जोना प्रिन्स, फुजी र डाला जातका स्याउका बिरुवा वितरण गरेको छ । 

स्थानीय जातको स्याउ रोप्दै आएका किसानहरुलाई बिदेशमा चर्चित रहेका जातका बिरुवा उपलब्ध गराईएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । ‘ केहि वर्ष देखि यहाँ स्याउ खेती हुँदै आएको छ,’ रेग्मीले भन्नुभयो,‘ नयाँ जात परीक्षण गर्न बिदेशमा चर्चित जात वितरण गरेका हौँ ।’

रेग्मीका अनुसार गण्डकी प्रदेश सरकारको हाइटेन्सीटी प्लाण्टिङ कार्यक्रम अन्तर्गत ढोरपाटनमा पहिलो पटक नयाँ जातको स्याउको परीक्षण खेती हुन लागेको हो । ति स्याउका बिरुवा एग्रो मनाङ प्रालीले उपलब्ध गराएको हो । कृषि ज्ञान केन्द्र मार्फत वितरण भएका बिरुवाको मुल्य २ लाख २० हजार रहेको छ । 

रेग्मीका अनुसार यि विरुवा जापान, ईटली र अष्टे«लियाबाट ल्याईएको हो । ढोरपाटन स्याउ व्लक सञ्चालक समितिका संयोजक जुमवहादुर बुढाथोकीले विरुवा ढुवानी गरेर गाउँ सम्म पु¥याएका छन् । ढोरपाटनमा एक सय हेक्टर क्षेत्र समेटेर स्याउ व्लक सञ्चालन गरिएकोछ । ढोरपाटनमा किसानहरुले केहि वर्षदेखि व्यावासयिक रुपमा स्याउ खेती गर्दै आईरहेका छन् ।

कृषि प्राविधिकका अनुसार समून्द्री सतहदेखि २ हजार देखि ३ हजार मिटर उचाईमा स्याउ खेती हुने गरेको छ । परिक्षण सफल भए बागलुङको ढोरपाटनलाई स्याउ जोन बनाउने कृषि ज्ञान केन्द्रको तयारी छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.