Websoft University

कृषि उत्पादन विक्री वितरणमा समन्वय गरिने


काठमाण्डौ जेठ ९ गते । रातो तारा डट कम, किसानले उत्पादन गरेका कृषि उपज विक्री वितरणका लागि मुसिकोट नगरपालिकाले समन्वय गरिदिने भएकोछ । कोरोना भाईरसको महामारीकाबीच कृषकहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु विक्री वितरण नभएको भन्ने गुनासोेकाबीच सस्तो मूल्यमा विक्री वितरण गर्न बाध्य भएको अवस्थामा किसानले सीधै वास्तविक मूल्य पाउनका लागि कृषकहरु र व्यापारीहरुको समन्वय गराई बजारका लागि पहल गर्ने मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख जनक पौड्यालले जानकारी दिनुभयो ।

किसानले आफ्नो खेत बारीमा उत्पादन गरेको कृषि जन्य वस्तुहरु विक्री वितरण नभए नगरपालिकामा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । उत्पादित तरकारी, खाद्यान्न, मसला वाली, फलपूmल लगायतका अन्य कृषि उपजहरु खरिद विक्रीका निम्ति नगरपालिकाले आवश्यक समन्वय गरी खरिद विक्रीमा सहजीकरण गर्ने उहाँले बताउनु भयो । 

नगरपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि किसानहरुलाई तालिम, कृषिका औजारहरु र अनुदानको समेत व्यवस्था गर्दै आएको उहाँको भनाइ छ । किसानले उत्पादन गरेका तरकारीहरूलाई बजारको समस्या भयो र बजार पाइएन भनेर चिन्ता नलिन आग्रह गर्दै पौडेलले उत्पादन बढाउन र विक्री नभएको खण्डमा लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो । 

नगरपालिका भित्र रहेका कृषक, कृषक समुह, फार्म तथा सहकारीहरुले उत्पादन गरेका कृषि उपज तत्कालका लागि नगरपालिकाले नै सकंलन गरेर विक्री वितरण गर्नका लागि असहज भएपनि भावि दिनमा कृषि उपज सकंलन केन्द्र निर्माण गरेर सिधै कृषकहसगं रहेका कृषि उत्पादन खरिद गरि नगरपालिकाले नै विक्री वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.