Websoft University

जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या आरोपि लाई आज पक्राउ गर्यो


पोखरा । रातो तारा डट कम,पोखरामा दुई दिन अगाडि गाडेको अवस्थामा भेटिएको सुजन विकका हत्या आरोपीलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेकोछ।

विकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुनमगर र २३ वर्षका प्रकाश घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

यही जेठ ३ गतेदेखि हराएका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–२७, लेखनाथको अघौँमा बस्दै आएका विकको चार दिनपछि गाडिएको अवस्थामा शव फेला परेको थियो ।प्रहरीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु शनिबार साँझसँगै म – दिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सुजनको श( व सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो ।

यसै विषयमा उनकी आमा संग हामीले कुराकानि गरेका छौ र जिल्ला प्रहरी कार्यलय कास्कीले पत्रकार सम्मेलन गरेर हत्यारा सार्बजनिक गरेको छ हेरौ पत्रकार सम्मेलन मा कास्की प्रहरी प्रमुख एसपि दानबाहदुर कार्की ले बताउनु भएको हो।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.