Websoft University

मजदुर दिवसको अवसरमा पिएलओले गर्यो रक्तदान कार्यक्रम साथै ह्वीलचेयर वितरण

शिव भट्टराई,मोरङ बैशाख १९ गते । रातो तारा डट कम,१३१ औ मजदुर दिवसको अवसरमा सुन्दरहरैचा नगरपालिकामा रहेको पुर्वाञ्चल ल्युब आयल प्रा.ली. ( पिएलओ ) ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

बर्सेनि मजदुर दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उक्त कम्पनीले यस वर्ष कोरोना भाइरसको जोखिमबाट बच्न समेत रक्तदान कार्यक्रम आयोजना गरेको पुर्वाञ्चल ल्युब आयलका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले बताउनुभयो। पुर्वाञ्चल ल्युब आयल कम्पनीको प्रागणमा शुक्रबार भएको रक्तदान कार्यक्रममा कम्पनीका श्रमिक साथै नगरका संघ सस्थाले समेत रक्तदान गरेका थिए । 

रक्तदान कार्यक्रममा ४० भन्दा बढी व्यक्तीले रक्तदान गरेको छ  । त्यस्तै सोही कार्यक्रममा कम्पनीले नगरमा बस्दै आएका अशक्तहरुलाई ह्वीलचेयर समेत वितरण गरेको छ । उधोगी दुलालका अनुसार विगत १० वर्ष अघि देखि कम्पनीले ह्वील चेयर वितरण गर्दै आएको छ । 

उनका अनुसार अहिले सम्म कम्पनीले १हजार २ सय  भदा बढी व्यक्तीहरुलाई ह्वीलचेयर वितरण गरि सकेको छ । उहाँले सामाजिक दायित्व पुरा गर्दै नगरको सिफारिस अनुसार जहिले पनि अशक्त व्यक्तीहरुलाई ह्विलचेयर वितरण गर्दै आउनुभएको छ।  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.