Websoft University

झुण्डिएर आत्महत्या


श्याम राई-उदयपुर,गाईघाट बैशाख १९ गते । रातो तारा डट कम,श्रीमतीसँगै  क्वारेन्टीनमा बसिरहेका एक युवाले विहीबार राती झुण्डिएर आत्महत्या गरेकाछन् ।

उदयपुरको रौतामाई गाउँपालिका–७ गुरासेका १८ वर्षिय सुमन विकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यायल उदयपुरले जनाएको छ ।

काठमाडौंदेखि गाउँ आएका दम्तीलाई रौतामाई गाउपालिका–७ राजाबासस्थीत गाउँ नजिकैको क्वारेन्टीमा बैशाख ११ गते राखिएको थियो । उनले श्रीमती निदाएको बेला राती श्रीमतीको सलमा झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए । उनले आत्महत्या गरेको कारण खुल्न सकेको छैन ।

प्रेम विवाहगरि काठमाडौं बस्दै आएका उनीहरु लकडाउनको बेला घर फर्किएका थिए । दुबै जनालाई छुट्टा छुट्टै कोठामा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुढामगरले शबको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.