Websoft University

प्रदेश नं. १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने


विराटनगर बैशाख १९ गते। रातो तारा डट कम,प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । 

प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उहाँले बताउनुभयो ।  विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण शुरु गरिएपछि मन्त्री घिमिरेले आज निरीक्षण गर्नुभएको थियो । सो प्रयोगशालामा आजदेखि स्वाव परीक्षण शुरु भएको छ । 

प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले निरीक्षण गर्नुभएको छ । २० जना सम्मको सो ल्यावबाट परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । उहाँले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरिएको उहाँले बताउनुभयो । धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताउनुभयो । 

सो ल्यावमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो । सो ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । प्रदेश सरकारले पीसीआर मेसिन र किट उपलब्ध गराएपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट स्वाव परीक्षण शुरु गरिएको यादवले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.