Websoft University

कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण


विराटनगर, बैशाख १९ गते । रातो तारा डट कम,कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो । 

व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण  ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहेको आयुर्वे औषधि व्यवसायी संघका अध्यक्ष जगराज गिरीले जानकारी दिनुभयो । 

आयुर्वेद औषधि ग्रहण गर्दै मन्त्री घिमिरेले उपचाररत विरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । संक्रमितको उपचारमा खटिएका चिकित्सकसँग समन्वय गरेर औषधि प्रयोगमा ल्याउन उहाँले निर्देशन दिनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.