Websoft University

भारतीय मजदुरलाई हप्तामा ६ सय रुपैयाँ सहयोग गर्दै,



काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम,लकडाउनले घर जान नपाएका भक्तपुरस्थित इँटा भट्टामा काम गर्ने भारतीय मजदुरलाई भक्तपुरका इँटा उद्योग व्यवसायीले सहयोग गर्ने घोषणा गरेका छन् । मजदुर दिवसको अवसर पारेर  इँटा उद्योग व्यवसायीले लकडाउनका कारण घर नफर्किएसम्म उनीहरुलाई सातामा ६ सय रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका हुन् । भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले इँटाभट्टाको काम सकिए पनि घर जान नपाएका भारतीय मजदुरहरुलाई जीवन निर्वाहको लागि उक्त सहयोग गर्ने जानकारि दिनुभयो  । उहाँका अनुसार भक्तपुरका  ६२ वटा इँटा भट्टामा करिब तीन हजार भारतीय मजदुर छन् । उनीहरु लकडाउनको कारण घर फर्कन पाएका छैनन् । भारतीय मजदुरले विशेष गरेर इँटा भट्टाको भट्टीमा काम गर्छन् । उनीहरुले भट्टी भित्र काँचो इँटाको बोजाइ र झोकाइ गर्छन् । भट्टीमा आगो नियन्त्रण
गर्छन् । भट्टीभित्रको आगो र तापक्रमअनुसार कोइला राख्ने र पाकेको इँटा बाहिर ल्याउने काम भारतीय मजदुरले गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.