Websoft University

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट


तापलेजुङ, बैशाख-२० गते । रातो तारा डट कम,ताप्लेजुङ फुङलिङ नगरपालिका-५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात  वटा घर र पाँच वटा  घुम्तीमा आगलागी भएको छ । 

हिजो राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट के-कसरी अचानक आगलागी हुदा सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा  घुम्तीमा आगलागी भएको हो ।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुदा छिमेकी नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

यसै गरी सोही आगो फैलन गई नजिकै रहेका बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्ती समेत जली पूर्णरुपमा नष्ट भएको छ । 

उक्त आगलागी के कसरी भयो खुल्न सकेको छैन भने सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आज बिहान पौने ५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.