Websoft University

चिनिया राजदूतले नेकपाका शीर्ष नेताहरु संगको भेटघाट तीब्रता बनाइन


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम,नेपालका लागि चिनिया राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेतासँगको भेटलाई तीव्रता दिनुभएको छ । यान्छीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनएको
छ । प्रचण्डलाई भेटेलगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो । नेकपामा अन्तरविरोध चर्किएका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.