Websoft University

लागुऔषध सहित ३ जना पक्राउ


सुनसरी, जेष्ठ ११ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागु औषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । 

धरान-१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ की २६ बर्षीया समिया लिम्बु, धरान-१३ कै २९ बर्षीय मन्दिप मगर र धरान-१५ का ४३ बर्षीय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद सहित शनिवार राती ९ बजे पक्राउ गरेको हो। 

पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.