Websoft University

सामाजिक सुरक्षा भत्ता नरोक्न मानव अधिकार आयोगको आग्रह


काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम,राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह गरेको छ । कोरोना महामारीको समयमा नेपाल सरकारबाट ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको भन्ने सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको
छ । आयोगले विज्ञप्ति जारी गरी सामाजिक सुरक्षाअन्तर्गतको कार्यक्रमले समुदायमा आर्थिक र सामाजिक रूपमा सकारात्मक प्रभाव पार्नुका साथै उनीहरूमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने बताएको छ । विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोकी त्यसलाई सुचारु गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.